वेबटिभी खबर
काठमाडौं । नेपाल घितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकहरुमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीनजना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुतिर अन्तर्वार्ता गर्ने कार्यक्रम थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij