Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

डेंगुका १४ हजारभन्दा बढी बिरामी

डेंगुका १४ हजारभन्दा बढी बिरामी

  • 123
    SHARES
  • डेंगुका १४ हजारभन्दा बढी बिरामी

    काठमाडौं । देशभर डेंगुबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।

    केही दिन अघि पानी परेका कारणले डेंगु संक्रमण बढेको बताउनुभयो । हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण देखिएको छ । डेंगुको संक्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

    गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगुको संक्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा छ हजार नौ सय २० देखिएको छ ।

    कोशी प्रदेशमा एक हजार तीन सय २९, मधेसमा दुई सय ८६, बागमतीमा चार सय ८९, लुम्बिनी नौ सय ९५, कर्णालीमा दुई सय २० र सुदूरपश्चिम प्रदेशमा सात सय ३६ जनामा डेंगु संक्रमण देखिएको छ ।

    उपत्यकामा दुई हजारभन्दा बढी

    उपत्यकामा दुई हजार नौ सय ९८ जनामा डेंगु संक्रमण  देखिएको छ । काठमाडौँ जिल्लामा एक हजार नौ सय ८६ भक्तपुर दुई सय २३ र ललितपुर चार सय ८९ जनामा  डेङ्गी संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी, गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij