Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष प्रचण्ड

  • 129
    SHARES
  • माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष प्रचण्ड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।

    प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए ।

    अध्यक्ष दाहालले भने, ‘म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छाँै भन्ने आधार देशभरि घुमेर देखेको छु ।’

    फरक प्रसंगमा उनले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताए । उनले राजनैतिक दल, सरकार र सामाजिक संघसंस्थाहरु एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताए । अध्यक्ष दाहालले भने, ‘सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij