Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

  • 110
    SHARES
  • बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति

    धनुषा । हालैको बाढीबाट मधेस प्रदेशमा  ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति रु १९ करोड ५० लाखभन्दा बढीको हो ।

    सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट रु नौ करोड ५० लाखको क्षति भएको छ ।

    यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका  खोलाको बाढीले नौ करोड २५ लाख, बारामा रु आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा रु पाँच करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड निकासा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # मधेस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij