Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

  • 146
    SHARES
  • सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

    ललितपुर । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने  महानगर यातायातको  बा ४ ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए ।

    सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी  भएको उनले जानकारी दिए ।

    बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ । 

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij