Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

  • 136
    SHARES
  • काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

    काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर-आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा १५ देखि २० हजारसम्म प्रदान गर्ने निर्णय गरेको छ । 

    समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । विपद्बाट घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा-जमिन वा पसल-व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्म सदस्य भएको परिवार भए १५ हजार प्रदान गर्ने निर्णय गरेको हो ।

    त्यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई २० हजार प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

    धुलिखेल र बनेपा नगरपालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष अनुरोध गर्ने निर्णय भएको छ । यसअघि सरकारले काभ्रेपलाञ्चोकको १३ मध्ये ११ स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गरिसकेको छ ।

    जिल्लाका १० हजार घरमा क्षति पुगेको अनुमान छ । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० स्थानीय तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन्भने पाँच जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जना घाइते भएका र ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij