Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

१० बुँदे सहमतिमा नेपालले असहमति जनाएपछि शंकर पोखरेलले भने– तीन महिनाको मेहनत खेर गयो

१० बुँदे सहमतिमा नेपालले असहमति जनाएपछि शंकर पोखरेलले भने– तीन महिनाको मेहनत खेर गयो

  • श्रावण ३, २०७८ आइतवार १३:५६ बजे
  • 494
    SHARES
  • १० बुँदे सहमतिमा नेपालले असहमति जनाएपछि शंकर पोखरेलले भने– तीन महिनाको मेहनत खेर गयो

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी एकता कार्यदलले निकालेको प्रतिवेदनमा असहमति दर्ज गरे पछि एमाले एकता थप संकटमा परेको छ । २ जेठ ०७८ मा अध्यक्ष केपी शर्मा ओली र नेपाल सहभागी बैठकले आफ्नो पक्षका ५, ५ गरी १० सदस्यीय कार्यदल गठन गरेको थिए, तर सोही कार्यदलले सुझाएको १० बुँदे सहमतिमा नेपाल असन्तुष्ट भएपछि पार्टी एकता जटिल बनेको हो ।

    आइतबार बिहान कोटेश्वरस्थित नेपाल निवासमा नेपालसँग छलफल गरेर फर्किएलगत्तै कार्यदल सदस्यसमेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेपालले अहसमति जनाएको खुलासा गरेका छन् । ‘माधव नपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो,’ पोखरेलले फेसबुक पेजमार्फत भनेका छन् । वरिष्ठ नेता नेपालले पार्टीका हरेक निर्णय आफ्नो पनि हस्ताक्षर अनिवार्य हुनुपर्ने माग राखेपछि १० बुँदे सहमतिले फेल खाएको हो ।

    आइतबार बिहान कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेर पार्टी एकताका लागि लचकता अपनाउन र प्रधानमन्त्री शेरबहादुर देउवालई विश्वासको मत दिन पार्टीको निर्णयको ख्याल गनै सुझाव दिएका थिए । तर नेपालले १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव अश्वीकार गरेको छलफलमा सहभागी एक नेताले बताए । कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले १० बुँदेका आधारमा पार्टीमा एकता कायम गर्न आफूहरु क्रियाशील रहेको प्रतिक्रिया दिएका छन् ।

     

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij