Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

  • 169
    SHARES
  • बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

    काठमाडाैं । नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा आज भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

    यससँगै बंगलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । यसपटक पनि नेपालको उपाधि जित्ने सपना पुरा भएन ।

    साफको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बन्यो । हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बंगलादेशसँग दुई पटक पराजित भयो ।

    निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बंगलादेशले लियो । खेलको ५२औँ मिनेटमा बंगलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको ५६औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । 
    नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याइन् ।

    खेलको ८१औ मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो । बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्ततः उपाधि बंगदेशको पोल्टामा पुग्यो ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij