Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पोखरीमा कार डुब्दा दुईजना बेपत्ता

पोखरीमा कार डुब्दा दुईजना बेपत्ता

  • 103
    SHARES
  • पोखरीमा कार डुब्दा दुईजना बेपत्ता

    सर्लाही । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा आज विहान डुबेको छ ।

    कारमा गौशाला नगरपालिका-१० का अन्दाजी ३७-३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका थिए ।

    घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

    कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij