वेबटिभी खबर
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको महत्वपुर्ण आकर्षणको केन्द्र बन्न सक्नुपर्ने बताएका छन् ।
नेपाल विश्वविद्यालयको बिहीबार ललितपुरमा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल विश्वविद्यालयको दायरा नेपालभित्र मात्र नभई सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरि काम गर्न सक्नुपर्ने बताएका हुन् ।
‘नेपाल विश्वविद्यालय नेपाली विद्यार्थीहहरुका लागि मात्र नै होइन संसारका सबै मुलुकका विद्यार्थीहरुका लागि समते एउटा महत्वपुर्ण आकर्षणको केन्द्रबिन्दुका रुपमा स्थापना गर्न सक्नुहोस् । यसको दायरा नेपालभित्र मात्र नरहेर सिंगो विश्वमा प्रभाव पार्नसक्ने गरि काम गर्न सक्नुहोस्’, मन्त्री पौडेलको भनाइ थियो ।
सरकार सुरुदेखि नै विश्वविद्यालयको प्रगतिका लागि साथ र सहयोग गर्न प्रतिबद्ध रहेको बताए। मन्त्री पौडेलले भने, ‘यो विश्वविद्यालयले नयाँ मान्यताका साथ अगाडि बढ्दै त्यहीअनुसारका दक्ष जनशक्ति निर्माण गर्न सक्नुपर्नेछ, सुरुदेखि नै उत्कृष्ट हुन सकोस्, पछि गरौँला भन्ने छुट यसलाई छैन, सरकारको साथ लिने हो, तर विश्वविद्यालयले आफ्नै पौरख र सामथ्र्यमा अगाडि बढ्ने हो । नेपाल विश्वविद्यालय साच्चै नै नेपालको भविष्य निर्माणको निम्ति विशिष्ट विश्वविद्यालय हुनेछ भन्ने आशा गर्न चाहान्छु । सरकारले सुरुदेखि नै नयाँ मान्यता र नयाँ सोचको साथमा नेपाल विश्वविद्यालय स्थापना गर्ने तपाईहरुलाई साथ समर्थन रहँदै आएको हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij