वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवाद समाधानका लागि चलिरहेको बहसमा अध्यक्ष उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि एक छिनका लागि ब्रेक भएको छ ।
ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले जानकारी दिए । यादवको पक्षबाट वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, दीपक राई, कृष्ण शर्मा, मुक्ति प्रधानलगायत ११ जना अधिवक्ताहरुले बहस गरेका छन् ।
यस्तै ठाकुर पक्षबाट पार्टी कार्यकारिणी सदस्यसमेत रहेका अधिवक्ता लक्ष्मणलाल कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो, विजयकान्त न्यौपाने, प्रकाश केसी, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने छन् । दुवै पक्षको बहस आइतबार नै सकाउने तयारी रहेको आयोगले जनाएको छ ।
यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता आफ्नो पक्षले पाउनुपर्ने दाबी गरेको छ । कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट ९टाउको गन्न० आफूहरूले आग्रह गरेको अधिवक्ता मिथलेस सिंहले बताए । आइतबार बहस सकियो भने भोलि टाउको गन्ती हुने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij