वेबटिभी खबर
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो ।
न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । शुक्रबार उनीहरूको सुनुवाइ गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij