वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ नेकपा एमालेबाट विजयी सांसद डा.भीम रावलले पदबाट राजीनामा दिएर उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको टिप्पणी गरेका छन् ।
रावलको यो निर्णयले नेपालको राष्ट्रियता र प्रजातन्त्रको सवालमा प्रशंसनीय रहेको थापाले बताएका छन् ।
‘विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ,’ थापाले ट्वीटरमा लेखेका छन्, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ । राजनीतिको शुद्धीकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।’
सुरेन्द्र पाण्डेले राजीनामा रोक्न खोज्दा भीम रावलले भने- नछुनोस् है मलाई, पत्रकारसँग कुरा गर्न दिनूस्
एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij