Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

  • 100
    SHARES
  • कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

    भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै बिकास हुने विश्वास व्यक्त गरे।

    राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकरात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देश वीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij