Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : सिके राउत

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : सिके राउत

  • 111
    SHARES
  • दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : सिके राउत

    झापा । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् ।

    उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका-६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताए ।

    अध्यक्ष डा. राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकामा जोड दिए । सो पार्टीका तर्फबाट कनकाई नगरपालिका-६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो । 

    निर्वाचन कार्यालय झापाका अनुसार कनकाई-६ मा दुई हजार ५८ मतदाता रहेका छन् । वि.सं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

  • सम्बन्धित विषय:

  • # दल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij