Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

  • 124
    SHARES
  • डडेल्धुरामा जीप दुर्घटना, दुईको मृत्यु, सात घाइते

    डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो । 

    इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो ।

    दुर्घटनामा सात जना घाइते भएका छन् । तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको  पहिचान खुल्न बाँकी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij