Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बालेनले जरिवाना तोकेपछि एमाले महासचिवले भने : मेयरको प्राथमिकता सरसफाई नभएर प्रचारबाजी हो

बालेनले जरिवाना तोकेपछि एमाले महासचिवले भने : मेयरको प्राथमिकता सरसफाई नभएर प्रचारबाजी हो

  • 148
    SHARES
  • बालेनले जरिवाना तोकेपछि एमाले महासचिवले भने : मेयरको प्राथमिकता सरसफाई नभएर प्रचारबाजी हो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।

    शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमाले विरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाई नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’उनले लेखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij