Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कस्तो कारबाही होला ?

देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कस्तो कारबाही होला ?

  • श्रावण ४, २०७८ सोमवार ११:२५ बजे
  • 462
    SHARES
  • देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई कस्तो कारबाही होला ?

     काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाबाट विश्वासको मत दिएका एमाले सांसदलाई पार्टीले कारबाही गर्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार एमाले केन्द्रीय कमिटी बैठक सोमबार बिहान ११ बजे बस्दै छ । बैठक पार्टीको विधान महाधिवशेनमा केन्द्रित हुने भए पनि सो बैठकले एमालेको ह्विप नमान्ने सांसदलाई कारबाहीको निर्णय गर्दै छ ।

    images

    पार्टीको ह्विपविपरीत देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाहीका बारेमा बैठकले निर्णय गर्नसक्ने सचिव तामाङले जानकारी दिए । ‘पार्टीको ह्विप उल्लंघन गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढ्छ,’ सचिव तामाङले भने । देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले स्पष्टीकरण मात्रै सोध्ने हो या सांसद पदबाट बर्खास्त गर्ने हो भन्नेबारे कार्यालय सचिव तामाङले स्पष्ट जानकारी दिएनन् । ‘बैठकले कारबाहीको प्रक्रिया अगाडि बढाउँछ । स्पष्टीकरण सोध्ने हो या सांसद पदबाटै बर्खास्त गर्ने निर्णय आउने हो बैठकपछि नै थाहा हुन्छ,’ सचिव तामाङले भने ।

    आइतबार बिहान र शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिन एमाले सांसदहरुलाई निर्देशन दिएको थियो । आइतबारको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टी प्रवक्त प्रदीप ज्ञवालीले यदि देउवालाई एमाले सांसदले विश्वासको मत दिए उनीहरु एमाले नै नरहने संकेत गरेका थिए ।

    एमालेका यी सांसदले दिए देउवालाई विश्वासको मत :

    ओली पक्षकै ८ र माधव नेपाल समूहका १४ गरी प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिए। माधव नेपाल विरोध खतिवडा मेटमणी चौधरी गोपाल बम भवानी खापुङ कलिला खातुन मुकुन्द न्यौपाने रामकुमारी झाक्री, प्रेम आले, बिनादेवी बुढाथोकी, किसान श्रेष्ठ, समिना हुसेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण कायस्थ, निरा जैरु, पार्वती विशंखे, हिराचन्द्र केसी, कृष्णलाल महर्जनले देउवालाई विश्वासको मत दिए । यस्तै माधव नेपाल पक्षका १० सांसदले पनि पार्टीको निर्देशनविपरीत देउवाका पक्षमा मत त नहाली पार्टी संसद् भवनबाटै बाहिरिए।

    नेपाल पक्षका सांसदहरू योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, राजबहादुर बुढा, झपट रावल र नारायण खतिवडा तटस्थ बसेका हुन्। यस्तै उपाध्यक्ष डा. भीम रावलले मतदानअघि नै सांसद पदबाटै राजीनामाको घोषणा गरे । ह्विप उल्लंघन गर्ने २२ र मतदान नगरी बाहिरिने १० गरी एमालेका ३३ सांसदलाई एमालेले कारबाहीको निर्णय केही बेरमा नै सुनाउँदैछ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology