Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

  • 162
    SHARES
  • ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

    भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउला रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो ।

    ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा नवीनाका श्रीमान् जिते देउला घाइते भएका छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij