Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक

स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक

  • 179
    SHARES
  • स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक

    काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।

    मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुको शैय्या क्षमता सम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

    मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबै भन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शैय्या क्षमता छ ।
    मन्त्रालयसँग चार सय शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ ।

    लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज  तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

    बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरुले भने तीन सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भएन भएको अनुमगनको तयारी गरिरहेको छ । क्षमता भन्दा बढी शैय्या सञ्चालन भए नभएको तथा बढी क्षमताबारे प्रचार भएन भएको स्थिती अनुगमन गरी आवश्यक कारबाही गर्ने मन्त्रालयले तयारी गरिरहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij