Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

  • 118
    SHARES
  • प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छन् जसमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

    प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij