Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

‘जेठालाल’ यसरी छनौट भए हिन्दी सिरियल तारक मेहताका उल्टा चश्मामा

‘जेठालाल’ यसरी छनौट भए हिन्दी सिरियल तारक मेहताका उल्टा चश्मामा

  • 582
    SHARES
  • ‘जेठालाल’ यसरी छनौट भए हिन्दी सिरियल तारक मेहताका उल्टा चश्मामा

    नयाँ दिल्ली । उत्कृष्ट अभिनय कलाले चर्चित भारतीय टिभी धाराबाहिक तारक मेहताका उल्टा चश्मामा अत्यधिक रुचाइएका ‘जेठालाल’ नभए सिरियल नै बन्द होलाजस्तो लाग्छ ।

    images

    पुरै सिरियल उनले नै धानेका छन् । उनको स्वभाविक अभिनयले कथालाई यथार्थ जस्तै बनाउँछ । जेठालालको वास्तविक नाम दिलीप जोशी हो । तर सन २००८ देखि सुरु भएको उक्त सिरियलमा अभियन थालेयता उनी जेठालालको नामबाट चर्चित छन् । 

    १३ वर्षअघि सुरु भएको यो सिरियलमा जेठालालको भूमिका उनीभन्दा पहिला अरु नै चारजनालाई लिने कोशिस भएको थियो । इतिहास बनेको यो कुरा धेरैलाई थाहा नहुन सक्छ ।

    जेठालालको भूमिकामा दिलीप जोशी निर्माताको पहिलो रोजाइ थिएनन् । जोशीभन्दा अघि पाँचजनाले जेठालालको भूमिका खेल्न अस्विकार गरेका थिए । त्यसपछि मात्र जोशीलाई यो प्रस्ताव आएको हो । जुन सिरियलबाट उनको भविष्य नै बदलियो । दर्शकको वाहवाही पाए र राम्रो आम्दानी पनि गरे । 

    यी हुन् ‘जेठालाल’ को भुमिका अस्विकार गर्ने अभिनेता 

    jethalal.jpg

    योगेश त्रिपाठी
    ‘भावी जि घर पर है’ टेलिश्रृंङ्खला ‘हप्पू सिंह’ को भुमिकामा देखिने योगेश त्रिपाठी पनि ‘जेठालाल’ बन्न सक्थे । तर उनी ‘भावी जि कर पर है’ को सुटिङमा व्यस्त भएकाले यो भूमिकामा नभ्याउने भए । त्यही कारण उनले ‘जेठालाल’ बन्ने मौका गुमाउनु पर्यो । 

    राजपाल यादव
    हिन्दी चलचित्र क्षेत्रमा चर्चित कमेडियनको रुपमा चिनिएका राजपाल यादवलाई पनि ‘जेठालाल’ को भुमिकामा प्रस्ताव गरिएको थियो । तर उनले बलिउड फिल्ममै आफूलाई केन्द्रीत गर्न चाहेकाले टिभी सिरियलमा खेल्न अस्विकार गरे । त्यही कारण उनले ‘जेठालाल’ बन्ने सुनौलो अवसर त्यागे । 

    अहसान कुरैशी 
    अहसान ‘स्टैन्ड अप’ कमेडियन हुन् । उनले पनि ‘जेठालाल’ को रोल गर्न अस्विकार गरेका थिए । उनले त्यस्तो निर्णय गर्नुको कारण भने खुलेको छैन् । 

    अलि असगर 
    ‘कहानी घर घर की’, ‘कुटुम्ब’, ‘कमेडी सर्कल’, ‘कमेडी नाइट वीथ कपिल’ जस्ता प्रोग्राममा काम गर्ने अलि असगर पनि ‘जेठालाल’ को भुमिकाका लागि उपयुक्त मानिएका थिए । तर उनले व्यस्त समय तालिकाका कारणले ‘जेठालाल’ को रोल गर्न सकेनन् । 

    किकु शारदा 
    ‘द कपिल शर्मा शो’ को माध्यमबाट आफ्नो छट्टै पहिचान बनाएका किकू शारदालाई ‘जेठालाल’ को भुमिकाको लागि छानिएको थियो । तर उनले लामो समयसम्म चल्ने उक्त टेलिशृङ्खलामा काम गर्न अस्विकार गरे । किकूले आफू स्टैन्ड अप कमेडीमै रमाएको भन्दै जेठालालको रोलमा इच्छा देखाएनन् । 
     
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology