Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

  • 65
    SHARES
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गरेका हुन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागी थिए । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

    यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij