Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’

‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’

  • 139
    SHARES
  • ‘देशको अर्थतन्त्र लयमा फर्किदैछ’

    रौतहट । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र फेरि लयमा फर्किदै गरेको बताएका छन् । रौतहटको गढीमाई नपा-४ सुन्दपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेला महोत्सव २०८१ को आज उद्घाटन गर्दै कार्यवाहक तथा सहरी विकासमन्त्री सिंहले यस्तो बताए ।

    देशको अर्थतन्त्र सुधार गर्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू अहिले चीन भ्रमणमा रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप उँचाइमा पुग्ने र देशको अर्थतन्त्र मजबुत र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    विदेशी मित्रराष्ट्रहरूसँग अनुदान लिएर भएपनि सरकारले देशलाई विकसित र समृद्ध बनाउन कुनै कसर बाँकी नराखेको भन्दै कार्यवाहक प्रधानमन्त्री सिंहले देश विकासको गतिमा अगाडि बढाउन, गरिबी र बेरोजगारी अन्त्य गर्न सरकारले आवश्यक काम गरिरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # देश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij