Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

समावेशी बन्ला देउवा मन्त्रिमण्डल ?

समावेशी बन्ला देउवा मन्त्रिमण्डल ?

  • 2.0K
    SHARES
  • समावेशी बन्ला देउवा मन्त्रिमण्डल ?

    काठमाडौं । दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसबाट पनि मन्त्री थप गर्दैछन् । कांग्रेसभित्र समावेशीता, नेतृत्व तहमा महिला लगायतका विषयमा आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले महिलालाई नेतृत्व तहमा पुर्याउँदैछन् ।

    images

    पार्टी प्रतिपक्षमा हुँदा संसदमा प्रभावशाली भूमिका निर्वाह गरेका महिला नेतृहरूको मूल्यांकन हुनुपर्ने माग पनि उठेको छ । मन्त्रीमा समेटिन नसकेका नेतृलाइ पार्टीको महाधिवेशनमा उचित जिम्मेवारी दिनेगरी देउवाले तयारी गरेको स्रोतले बतायो ।

    स्रोतकाअनुसार देउवाको हातमा डा.डिला संग्रौला, पुष्पा भुसाल, चित्रलेखा यादव, सुजाता परियार लगायतको नाम पुगेको छ । 

    आजै साँझ मन्त्रिमण्डल विस्तार गर्न लागेका देउवाले माओवादी केन्द्र, नेकपा (एमाले) को माधव नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालबाट मन्त्री बन्नेहरूको नामावली पर्खिरहेका छन् । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology