Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

  • 151
    SHARES
  • आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ । नेकपा एसले केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने भएको हो ।

    पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो ।

    बैठकले पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली अनुमोदन गर्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij