Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

काठमाडौंले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

काठमाडौंले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

  • 132
    SHARES
  • काठमाडौंले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ ।

    आजको खेलमा काठमाडौं गुर्खाज १९.२ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए ।५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ ।

    मंगलबार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो ।लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । ३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij