Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जीप दुर्घटनामा पाँच जनाको मृत्यु

जीप दुर्घटनामा पाँच जनाको मृत्यु

  • 115
    SHARES
  • जीप दुर्घटनामा पाँच जनाको मृत्यु

    जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका–५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।

    दुर्घटनामा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

    जिप ब्रेक फेल भएपछि सडकबाट करिब ८०० मिटर तल खसेको थियो । दुर्घटनामा २ जना घाइते भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij