Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आजदेखि भक्तपुर महोत्सव–२०८१ सुरु

आजदेखि भक्तपुर महोत्सव–२०८१ सुरु

  • 118
    SHARES
  • आजदेखि भक्तपुर महोत्सव–२०८१ सुरु

    काठमाडौं । भक्तपुर नगरपालिकासँगको समन्वय र भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ । भक्तपुरको महेश्वरी खेल मैदानमा आजदेखि सुरु भएको महोत्सव पौष २ गतेसम्म चल्ने छ ।

    आयोजकका अनुसार महोत्सव अन्तगत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला हुनेछ । सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् । त्यसका लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएको छ ।

    ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्लाबाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बासुरी बाजा समूह बीच प्रतियोगिता हुनेछ । ती बाजा टोलीहरू मध्ये मंसिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मंसिर ३० गते बाकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएको छ । प्रतियोगिताको पुरस्कार वितरण मंसिर ३० गते काठमाडौंमा गरिने छ ।

    प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभाचित्र प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा तस्वीर प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्रीवितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाएको छ ।

    व्यापार मेलामा झन्डै १ सय स्टल रहने र जसमा व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमाआउने दैनिक उपभोग्य सामाग्री, विभिन्न लत्ताकपडा, खाद्यान्न, अटो मोबाइल, जुत्ता, कृषि तथा हस्तकला सामग्री प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीहरु राखिने आयाकजले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij