Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ओली समूहका कार्यकर्ताले जलाए प्रतिनिधिसभा सदस्यको पुत्ला

ओली समूहका कार्यकर्ताले जलाए प्रतिनिधिसभा सदस्यको पुत्ला

  • 469
    SHARES
  • ओली समूहका कार्यकर्ताले जलाए प्रतिनिधिसभा सदस्यको पुत्ला

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता तथा कार्यकर्ताले एमालेकोतर्फबाट दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पुत्ला जलाएका छन् । दाङको निर्वाचन क्षेत्र नं‍.३ बाट निर्वाचित हिराचन्द्र केसी र क्षेत्र नं. १ बाट निर्वाचित मेटमणि चौधरीको पुत्ला जलाएका हुन् ।

    उनीहरू दुबै जनाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । युवा संघ र अनेरास्ववियुको आयोजनामा सोमबार बेलुका तुलसीपुरको मदन आश्रित-चोकमा पुत्ला दहन कार्यक्रम भएको हो ।

    त्यसपूर्व एमाले वरिष्ठ नेता तुलसीपुरमा वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधिसभा सदस्य केसी र चौधरीका विरूद्ध चर्को नाराबाजी भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij