Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

राजविराजमा सुरु भएको रात्रिकालिन सेवाले अर्थतन्त्रको विकासमा टेवा पुग्नेछ : मन्त्री पाण्डे

राजविराजमा सुरु भएको रात्रिकालिन सेवाले अर्थतन्त्रको विकासमा टेवा पुग्नेछ : मन्त्री पाण्डे

  • 146
    SHARES
  • राजविराजमा सुरु भएको रात्रिकालिन सेवाले अर्थतन्त्रको विकासमा टेवा पुग्नेछ : मन्त्री पाण्डे

    काठमाडौं । सप्तरीको राजविराज विमानस्थलबाट रात्रिकालिन उडान सुरु भएको छ । रात्रिकालिन उडान सेवाका लागिआवश्यक पर्ने विभिन्न उपकरण जडान गरिएसँगै बुद्ध एयरले यो विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालिन उडान सुरु गरेको हो ।

    राजविराज विमानस्थलमा रात्रिकालिन उडानको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राजविराजमा रात्रिकालिन सेवा सुरु भएसँगै यसले पर्यटन र समग्र अर्थतन्त्रको विकासमा टेवापुग्ने विश्वास व्यक्त गरे ।

    मन्त्री पाण्डेले भने,‘अब राजविराज छायामा पर्ने छैन । विमानस्थलाई नियमित सञ्चालनका लागि सबै प्रयत्न गरिनेछ । यहाँको प्राकृतिक सम्पदा र संस्कृतिक सम्पदाको अवलोकन गरेर मात्रै यात्रु फर्किनेछन ।’ मन्त्री पाण्डेले विमानस्थलको रात्रिकालिन सेवाले अर्थतन्त्रलगायत विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताए ।

    उनले विविधितापूर्ण प्रकृति र संस्कृतिले भरिपूर्ण नेपालको पर्यटनलाई प्रवर्द्धनका निम्ति यो विमानस्थल सहयोगी बन्ने धारणा राखे । उनले राजविराजबाट सिधापोखरा लगायत गन्तव्यमा उडान गर्नेगरी आगामी दिनमा यसलाई विकास गरिनुपर्नेमा जोड दिए ।

    यसअघि मन्त्री पाण्डेले एयरफिल्डलाइटिङ सिस्टमको उद्घाटन गरेका थिए । याेसँगै राजविराज, सिमरा, जनकपुर, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालिन उडान भईरहेको छ । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले बुद्धले ७२ सिटक्षमताको एटीआर विमानमार्फत काठमाडौँ–राजविराज–काठमाडौँ दैनिक रुपमा नियमित उडान गर्दै आएको थियो ।

    राजविराज विमानस्थल २०१६ सालमा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेका थिए । राजविराज विमानस्थलमा एक हजार पाँच सय मिटर लामो र ३० मिटर चौडा पक्की धावनमार्ग रहेको छ । लामो समयबन्द रहेको राजविराज विमानस्थलबाट २०७५ असार १० देखि श्री एयरलायन्सले उडान सुरु गरेको गियो । उसले उडान सुरु गरेको एक वर्ष राजविराज उडान बन्द गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij