वेबटिभी खबर
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन् ।
राजविराजको रात्रिकालिन उडानको सुरुवात गर्ने कार्यक्रममा उनले हवाई यातायातको महत्व धेरै नै भएको भन्दै यो रात्रिकालिन उडानले यसलाई अझ सहज बनाएको बताएका हुन् ।
महानिर्देशक अधिकारीले भने, ‘हवाई यातायातको महत्व दुर्गम क्षेत्रमा, बाढि पहिरो गएको स्थानमा र समस्या परेको बेला धेरै हुन्छ । राजविराजको रात्रिकालिन उडानले सम्भावनाको ढोका खोलेको छ । बिहान कोही मान्छे राजविराजबाट उडेर काठमाडौं गएर काम सकाएर फर्किन सक्ने अवस्था बनेको छ । यसको लागि म सबैलाई धन्यवाद दिन चहान्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij