Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको छ : गृहमन्त्री लेखक

कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको छ : गृहमन्त्री लेखक

  • 128
    SHARES
  • कालिगण्डी करिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना बोकेको छ : गृहमन्त्री लेखक

    पाल्पा । गृहमन्त्री रमेश लेखकले कालिगण्डीकरिडोरले पाल्पाको रामपुरको ठूलो सम्भावना रहेको बताएका छन् । बुधबार इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवन उद्घाटन समारोहमा गृहमन्त्री लेखकले चीन र भारतलाई जोड्ने बाटोमा रामपुर भन्दै सुन्दर भविष्य र सम्भावना रहेको बताएका हुन् ।

    भवनको उद्घाटन मात्र उपलब्धि नभएको भन्दै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा गृहमन्त्रीको जोड थियो । गृहमन्त्री लेखकले भने,‘जिल्ला प्रशासन कार्यालयबाट पाउने सबै सेवा पाउने व्यवस्था गरिने छ । कर्मचारीको अभावले सेवा प्रवाहमा कुनै समस्या हुने छैन । यो सरकारको पहिलो प्राथमिकता नागरिकको सेवा गर्नु हो । यो त्यसैले बनेको हो । ’

    प्रधानमन्त्री केपी शर्माले सहजरूपमा नागरिकलाई सेवा प्रवाह गर्न आफूहरूलाई निर्देशन दिएको उनको भनाइ छ । पूर्वगृहमन्त्री रवि लामिछानेलाई रहरले नभइ अनुसन्धान गर्नका लागि ठाउँ–ठाउँ घुमाइएको गृहमन्त्री लेखकले बताए ।

    ‘जतिसुकै ठूलो मान्छे भएपनि अनुसन्धान हुन्छ । सबै माथि अनुसन्धान  हुन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन काम गर्न लागि परेको छ । त्यहीँअनुसार अनुसन्धान भइरहेको छ’ गृहमन्त्री लेखकले भने ।

    उनले राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेको इतिहास केलाउँदै गृहमन्त्री लेखकले दिगो शान्ति, विकास र सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताए । कांग्रेस र एमाले मिल्दा सबै क्षेत्रमा आत्माविश्वास बढेको संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउने गृहकार्यमा सरकारले लागि परेको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij