Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

जनकपुरधाममा एक जनाको शव फेला

जनकपुरधाममा एक जनाको शव फेला

  • 123
    SHARES
  • जनकपुरधाममा एक जनाको शव फेला

    जनकपुर । जनकपुरधाममा  बिहानै एक जना पुरुषको शव फेला परेको छ । जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको हो ।

    अन्दाजि ४५, ५० वर्षको पुरुष रहेको तर पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । शवको मुखमा कुनै वस्तुले प्रहार गरेको देखिएको छ र छेउमै ईटा पनि फेला परेको धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

    घटना स्थलमा तालीम प्राप्त कुकुरको टोली परिचालन गरिएको छ । एता स्थानीयहरुले राती मापसे गरेर केही व्यक्तिले होहल्ला गर्दै गरेको सुनेको बताए । उनीहरुले दिनहु मापसे गरेर मन्दिर छेउछेउबाट मान्छेहरु हिडडुल गर्ने गरेकोले आफूहरुले वेवास्ता गरेको जानकारी दिए । 
    घटना सम्बन्धी अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij