Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै

  • 163
    SHARES
  • बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै

    हेटौंडा । बाग्मती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ ।

    बुधबार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन आज सूचना समेत जारी गरेको छ ।

    आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरु सूचिकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् । स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरुले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए ।

    परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिङमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आई.टि.एफ. तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ ।प्राप्त निवेदनका आधारमा लिखित परीक्षा तथा अन्तरवार्ता मार्फत् प्रशिक्षकहरु नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

    छनौट भएका प्रशिक्षकहरु नियुक्त गरी माग भएका जिल्लाहरुमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयंसेवक पशिक्षकहरु खटाइने उनले बताए ।स्वयंसेवक प्रशिक्षकले सेवा गरे बापत् मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij