Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अश्लिल फिल्म बनाएको आरोपमा  शिल्पाका पति पक्राउ 

अश्लिल फिल्म बनाएको आरोपमा  शिल्पाका पति पक्राउ 

  • 1.4K
    SHARES
  • अश्लिल फिल्म बनाएको आरोपमा  शिल्पाका पति पक्राउ 

    एजेन्सी– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति पक्राउ परेका छन्। अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका हुन्।

    images

    उनलाई मुम्बई पुलिसको क्राइम ब्रान्चले सोमबार राती पक्राउ गरेको छ। पोर्न फिल्म बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मामिलामा पुलिसले उनलाई मुख्य आरोपी बनाएको छ ।

    यसै बर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एप मार्फत रिलिज गरेको उजुरी दर्ता भएको थियो । यसै मामिलामा राज कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेका हुन् ।

    मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ । हटसट नामक एक एप बनाएको र उक्त एपमा फिल्म राख्दै मानिससँग पैसा उठाएको र एपका मालिक राज कुन्द्रा भएको आरोप पुलिसको रहेको छ । राज कुन्द्राले भने आफ्नो एपसँग कुनै पनि लेनदेन नभएको दावी गरेका छन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology