Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक

संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक

  • 98
    SHARES
  • संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।

    मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरुसँग सहमति जुटाएरसंविधान संशोधनको प्रकृया सुरु गर्ने बताएका हुन् । 

    गृहमन्त्री लेखकले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं । संविधानको समिक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । यसमा समय लाग्छ। तर त्यो प्रक्रिया अगाडि बढ्छ ।संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होईन् थप सुदृढ बनाउने हो । म यो प्रतिवद्धता जनाउँछु ।’

    उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि उनले बताए । गृहमन्त्री लेखकले भने,‘संघीय लोकतन्त्रात्मक शासन प्रणाली व्यस्थामा छौं ।संविधानको मूल मर्म भएको हुनाले के आग्रह गर्न चाहन्छु भने नेपाल सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिबद्ध छ । हामी हमेसा प्रतिवद्ध रहने छौं ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij