वेबटिभी खबर
राजविराज । अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका-४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्याएको छ ।
नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए । उनका अनुसार नहर भत्किएपछि सप्तकोसी - १, २, ४ र ११ वडाका करिव ३ सय घरसमेत डुबानमा परेको छ । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।
यस्तै जिता नदीको बाढीले तिलाठी- कोइलाडी गाउँपालिका-७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन् । तिलाठी कोइलाडी -७ को मन्सापुर र वडा नं-५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।
चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका-४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij