Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

दुर्घटनामा एक जनाको मृत्यु

दुर्घटनामा एक जनाको मृत्यु

  • 105
    SHARES
  • दुर्घटनामा एक जनाको मृत्यु

    मकवानपुरको राक्सिराङ गाउँपालिका-५, चाक्ले बगरस्थित भित्री सडकमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २९४६ नं को जिपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका-३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो । उक्त जीपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जीप चालक फरार रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij