Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

‘सीपयुक्त शिक्षा अहिलेको आवश्यकता’

‘सीपयुक्त शिक्षा अहिलेको आवश्यकता’

  • 134
    SHARES
  • ‘सीपयुक्त शिक्षा अहिलेको आवश्यकता’

    दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरुलाई आग्रह गरेका छन् ।

    घोराही उपमहानगरपालिका–१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उनले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनाएको बताए ।

    हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ छ ।

    ‘एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो’, उनले भने । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij