Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष प्रचण्ड

भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष प्रचण्ड

  • 131
    SHARES
  • भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष प्रचण्ड

    चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताएका छन् ।

    भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए ।

    अध्यक्ष प्रचण्डले भने, ‘नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकाङ्क्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ ।’ 

    उनले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताए ।

    अध्यक्ष प्रचण्डले भने, ‘प्रकृतिले दिएको जल, जमिन, जडीबुटी,  हिमाल, पहाड र तराई  सबै पर्यटकीयस्थल हो । त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक  कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ । यो सबै चितवन तथा भरतपुरमा रहेको छ ।’

    भरतपुर महानगर प्रमुख रेनु दाहाले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताइन् ।

    उनले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने बताइन् । प्रमुख दाहालले अहिले मेघौलीे विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गरिन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij