Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

  • 122
    SHARES
  • संविधान बदल्ने होइन, संशोधन गर्ने हो : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका समग्र समस्याहरुलाई संविधान संशोधनमार्फत गर्ने प्रयास भइरहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित संविधान संशोधन माथि बौद्धिक बहस खोजपत्र प्रस्तुत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकमा क्रान्तिले जगाएको अपेक्षा र अहिलेको डेलिभरीकाबीचमा भएको ठूलो अन्तरले मूलुकमा समस्याहरु आइरहेको बताए ।

    ज्ञवालीले भने,‘मूलुकमा अहिले धेरै समस्या छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीकोबीचमा ठूलो अन्तर छ । सबै समाधान संविधान मार्फत नै होस् भनेर संविधान संसोधन गर्न खोजिरहेको छौं । के कारणले आजको समस्या आएको छुट्याउन पर्नेछ । कति संविधानका अन्तरनीहित कमजोरीका कारणले भएको छन् र कति चाँही संविधानभित्र अभ्यास गर्ने पात्र, संस्था र प्रवृत्तिहरुका कारणले समस्या आएको छ । त्यसलाई हेर्न आवश्यक छ ।’

    त्यस्तै उनले सबै कुराको समाधान संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्ने सोचले कहिँ पुग्न नसकिने धारणा राखे । ज्ञवालीले भने,‘सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र त्यो समाधान भएन भने चाँही संविधान नै बदल्नतिर लाग्ने तरिकाले चाँही कहिँ पुग्दैनौं जस्तो मलाई लाग्छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij