वेबटिभी खबर
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन सम्बन्धमा छलफल भएको छ ।
मंगलबार सिंहदरबार स्थित समिति सभाहलमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवासञ्चालनकासम्बन्धमा छलफल भएको हो ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जहाजहरु खरिद् गर्दादेखि नै नेपाल एयरलाइन्समा विभिन्न समस्याहरु देखिइनै रहेको भन्दै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शितादेखि टिकट विक्री वितरण सम्ममा पारदर्शीता देखाउने गरी काम गर्ने उपाय खोज्नमा लागिपरेको जानकारी दिए ।
मन्त्री पाण्डेले भने,‘पटक–पटक नेपाल एयरलाइन्सका विभागीय प्रमुखहरुसँग,कार्यकारी अध्यक्षसँग छलफल गरिरहेको छौं । हाम्रा जहाजहरु खरिद् गर्दादेखि नै विभिन्न मुद्दा वा विषयमा विभिन्न विवादहरु चलिरहेको विषय साथै सञ्चालन गर्ने मोडालिटीमा पारदर्शिता देखाउनुपर्नेएवम टिकट विक्रीमा देखिएका समस्याहरु समाधान खोजिरहेका छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij