Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

  • 1.3K
    SHARES
  • कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ सम्म गर्ने निर्णय गरेको छ । 

    मंगलबार बसेको बोर्डको बैठकले कोभिड-१९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । 

    बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् ।

    सञ्चालनका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो । 

    कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड-१९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology