वेबटिभी खबर
काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले कृषिजन्य वस्तुमा देखिएको भन्सार सम्बन्धि समस्या अर्थ मन्त्रालय र भन्सार विभागले समन्वय गरेर समस्याको समाधान गर्नुपर्ने बताएका हुन् ।
महतले भने, ‘भन्सारमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने देखिन्छ । कृषिजन्य वस्तु, भारतबाट आयातको कुरा गर्न, अन्तर्राष्ट्रिय सन्धि सम्झौंतामा हस्ताक्षर गर्न हौसिन्छौं । हौसिने जुन प्रकृति छ त्यसमा धेरै नै विचार पुर्याउनुपर्नेछ । भन्साररहित भनेर त हस्ताक्षर तर गर्यौं तर त्यो पालना गरेको पाइँदैन् । नेपालले मात्र अरु देशको आयातमा मात्रै छुट दिनुपर्ने अवस्था आयो ।’
यसैगरी उनले भन्सार सम्बन्धी प्रक्रियागत हिसावले अगाडि जानुपर्ने बताए । उनले भन्सारमा सबै सदस्य राष्ट्रहरुले सहमत नभइसकेपछि नेपालले मात्र भन्साररहित भनेर छाप गर्न उचित नहुने जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij