Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जनमत पार्टीका केन्द्रिय सदस्यसहित केही युवा जसपा नेपालमा प्रवेश

जनमत पार्टीका केन्द्रिय सदस्यसहित केही युवा जसपा नेपालमा प्रवेश

  • 161
    SHARES
  • जनमत पार्टीका केन्द्रिय सदस्यसहित केही युवा जसपा नेपालमा प्रवेश

    महोत्तरी । जनमत पार्टीका केन्द्रिय सदस्य एवम् महोत्तरी क्षेत्र नम्बर ३ (ख)का प्रदेश सभा प्रत्यासी दिपेन्द्र मधेशी जसपा नेपालमा प्रवेश गरेका छन् ।

    आइतबार जनकपुरधामस्थित पार्टी कार्यालयमा पूर्व उपप्रधानमन्त्री तथा जसपा ,नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवम मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितिमा मधेशीलाई पार्टी प्रवेश गराइएको छ । 

    मधेशीसंगै जनमत पार्टीका शुभास मिश्रा, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, लभ ठाकुर, नरेश यादव लगायत जनमत पार्टीका क्रिायाशिल नेताहरु जसपा नेपालमा प्रवेश गरेका छ्न ।

    जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गमछालगाएर पार्टीमा स्वागत गर्नुका साथै आगामी दिनमा सहीराजनीतिक दिशामा अगाडि बढ्न सुझाव दिएका थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij