Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

निजी क्षेत्रलाई खोप उपलब्ध गराउन प्रधानमन्त्रीलाई चेम्बरको आग्रह

निजी क्षेत्रलाई खोप उपलब्ध गराउन प्रधानमन्त्रीलाई चेम्बरको आग्रह

  • 520
    SHARES
  • निजी क्षेत्रलाई खोप उपलब्ध गराउन प्रधानमन्त्रीलाई चेम्बरको आग्रह

    काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले आर्थिक गतिविधिलाई विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सुझाब प्रस्तुत गरेको छ ।

    चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा व्यवसायीको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवासमक्ष भेटगरी महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको उल्लेख गर्यो ।

    अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने हुँदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप सुविधा उपलब्ध गराइ दिन आग्रह गरे । 

    मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्नेलगायतमा माग पनि गरे ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij