Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

  • 118
    SHARES
  • दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

    एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन-अपोजिसन (एसपिएलए-आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

    नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उनले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गरे ।

    एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री-बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए-आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए ।

    कउङका अनुसार, एसपिएलए-आईओ बलहरू मंगलबार साँझ एसएसपीडीएफ-नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij