Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागूऔषधसहित पोखराबाट एक जना डिलर पक्राउ

लागूऔषधसहित पोखराबाट एक जना डिलर पक्राउ

  • 140
    SHARES
  • लागूऔषधसहित पोखराबाट एक जना डिलर पक्राउ

    पोखरा । पोखराबाट लागू औषधका एक जना डिलर ठुलो मात्रामा लागूऔषधसहित पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार साँझ साढे छ बजेको समयमा ठुलो मात्रामा लागूऔषधसहित माछापुच्छ्रे गाउपालिका वडा नम्बर ८ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर मा बस्ने २५ बस्ने २७वर्षीय रामचन्द्र सुवेदीलाई पोखरा ८ आलुमाइला चोकबाट पक्राउ गरेको हो ।

    आलुमाइला चोकमा लागूऔषधको कारोवार भैरहेको सुचना पाएको प्रहरी टोलीले ग १३ प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा ठुलो मात्रामा लागूऔषधसहित सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    आलुमाइला चोकमा पक्राउ पर्दा स्कुटरमा लुकाई छिपाई राखेकोTapentadol Tablets 100mgनामको अबैध लागू औषध चार सय चक्की बरामद गरेको प्रहरी टोलीले अभियुक्त सुबेदीको घर कोठाबाट दुई वटा कार्टुन र एउटा जेब्रा झोलामा लुकाई छिपाई राखेको Tentadol–100mg लेखिएको लागूऔषध १७ हजार सात सय ८० चक्की र निजकै पोखरा ४ रामकृष्ण टोलस्थित कोठाबाट सोहि नामको अबैध लागूऔषध दुई सय चक्की रTramol–50mg लेखिएको लागू औषध चारसय ६० चक्की बरामद गरिएको प्रहरीले दाबी गरेको छ।
    अभियुक्त सुबेदीबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्यादथप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij