Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मुलुकमा सुशासन क्रान्ति आवश्यक छ : पूर्ण बस्नेत

मुलुकमा सुशासन क्रान्ति आवश्यक छ : पूर्ण बस्नेत

  • 217
    SHARES
  • मुलुकमा सुशासन क्रान्ति आवश्यक छ : पूर्ण बस्नेत

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताएका छन् ।

    मुलुकमा राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्ष, आन्दोलन र ठूलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताएका हुन् ।

    बस्नेतले भने, ‘मुलुकमा राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरु सरल, सहज र न्यायिक रुपमा उपलब्ध गराई नागरिकलाई सुखद् अनुभूति दिनु सुशासन हो भन्ने मान्यता स्थापित हुनै सकेन । नागरिकका नीजि दुख र मुलुकमा कुशासन बढेको बढ्यैछ ।’ शिक्षा, स्वास्थ्य जस्तो आधारभूत सेवा र वस्तुहरुमा नागरिकहरुको पहुँचलाई सरल र सहज बनाउनुपर्ने  उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij